बुधबार, ६ चैत २०७५
DainikNepal.com
बुधबार, ६ चैत २०७५

प्रथम मध्यबिन्दु महोत्सव पुस १३ देखि

दैनिक नेपाल २०७५ मंसिर १८ गते १७:२२

–बिजय चालिसे
कावासोती, १८ मंसिर । नवलपुरको मध्यबिन्दु नगरपालिकामा प्रथम मध्यबिन्दु महोत्सव हुने भएको छ । मध्यबिन्दु उधोग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस १३ गतेदेखि २३ गतेसम्म महोत्सव हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका महासचिव चेत प्रसाद पौडेलले जानकारी दिए ।

कला र सस्कृतिको सरक्षण तथा कृषि, पर्यटन, उधोग, ब्यापार प्रबर्द्धनका लागि मध्यबिन्दु महोत्सव भन्ने मुल नाराका साथ हुन लागेको महोत्सवमा २ सय स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा कृषि उत्पादनको प्रदर्शनी, विभिन्न अटो कम्पनिका स्टल, विभिन्न खानाका परिकार, घरेलु तथा हस्तकलाका सामग्रीका प्रदर्शनी, सेवामूलक सस्थाका प्रदर्शनी कक्षहरु रहने महासचिब पौडेलले बताए।

महोत्सवमा १ लाख २० हजार दर्शकले अबलोकन गर्ने र करिब ८ करोड रुपैयाँ बढिको कारोबार गर्ने लक्ष्य लिईएको आयोजकको भनाई छ । महोत्सवमा बिशेष गरि स्थानिय कृषिकहरुले उत्पादन गरेका अदुवा, मास, बोडि, गहत, पिँडालु, तरुल, मह, सुठो, अमृसोलागायतका सामानहरुको प्रबर्द्धनमा जोड दिईने आयोजकले जनाएको छ ।

नेपालकै मध्य भाग मध्यबिन्दुमा पहिलो पटक आयोजना गरिएको महोत्सवलाई सफल बनाउन आयोजकले सबैलाई आग्रह गरेको छ । महोत्सव मध्यबिन्दु नगरपालिका १० आरुङखोला किनारमा हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

प्रतिक्रिया
सम्बन्धित