
काठमाडाैँ । चर्चित अभिनेता सरोज खनालले चितवनको रत्ननगरमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैयाँ सहयोग गरेका छन् ।
अमेरिकामा अक्टोबर १३ मा केसि डान्स सेन्टरले आयोजना गरेको कलिउड नाइट २०१८ मा सहभागी सुपर मम हरुले संकलन गरेको ७ सय ११ अमेरिकन डलर, महेन्द्र कुवर बाट ५०० डलर र समाजसेवी श्याम बजिमाया बाट १०१ डलर गरि जम्मा भएको एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैयाँको चेक अाइतबार गामबेशीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई प्रदान गरे ।
कार्यक्रममा बोल्दै अभिनेता खनालले दशैंमा अमेरिका गएको बेला त्यहाँ गरिएको सास्कृतिक कार्यक्रमबाट उठेको पैसा केसी डान्स सेन्टरका संस्थापकद्वय नविन केसी तथा लुना श्रेष्ठ मार्फत आफूलाई यस केन्द्रमा सहयोग गर्न प्रदान गरिएको र अन्य व्यक्तिबाट पनि केहि रकम सहयोग भएको हुँदा गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गर्न पाउँखा खुशी लागेको बताए । कार्यक्रममा खनालले चेपाङ्ग बालबालिकालाई पढेर ठूलो मान्छे बन्नुपर्छ भन्दै शिक्षा भन्दा ठूलो केहि नहुने भन्दै केन्द्रले यसरी चेपाङ्ग बालबालिकालाई शिक्षा दिएकोमा अध्यक्ष शर्मालाई धन्यवाद दिदै फेरि फेरि सहयोग गर्ने समेत बताए ।
गामबेशीको चेपाङ संरक्षण केन्द्र अध्यक्ष शर्माले यसरी नै विभिन्न व्यक्तिको सहयोगले केन्द्र यहाँसम्म आएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए । अहिले १३२ जना चेपाङ्ग बालबालिकालाई शिक्षा तथा बस्न खानको सम्पूर्ण व्यवस्था गरेको केन्द्रबाट करिब ४०० भन्दा बढी चेपाङ्ग बालबालिकालाई शिक्षा दिएको बताए ।















प्रतिक्रिया