
काठमाडाैँ । दुई हजार बढी म्युजिक भिडियोमा कोरियोग्राफी गरेका शिव बिकको गीत ‘म पनि तिम्रै हो’ सार्वजनिक भएको छ ।
गीतमा बिक र स्मृति शाहीको आवाज रहेको छ । अमृत लहगुनको र्याप रहेको गीतको शब्द रचना गोविन्द प्रसाद उपाध्यायले गरेका हुन् । गीतमा गायक बिककै संगीत रहेको छ भने संगीत संयोजन रमेश सेन्च्युरीको रहेको छ ।
शिवकै निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो रबिन बिकले सम्पादन गरेका हुन् । सुष्मा अधिकारी, सुन्दर खवास र शिव बिक फिचर्ड भिडियो शम्भु चालिसेले खिचेका छन् ।















प्रतिक्रिया