काठमाडौं, १० कात्तिक । नागरिकसँगको सम्बन्ध सुधार गर्न नेपाल प्रहरीले आइतबारदेखि देशव्यापी नयाँ अभियान सुरु गर्ने भएको छ । सामुदायिक प्रहरीको अवधारणलाई परिस्कृत गरी ‘सुमदाय–प्रहरी साझेदारी’ नामक नयाँ अभियान सुरु गर्न लागिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सबै प्रहरी कार्यालयबाट यो अभियान आइतबार एकैपटक सुरु गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । केन्द्रीय तहमा गृहमन्त्री रामबहादुर थापा बादलले कार्यक्रम उद्घाटन गर्दै छन् । नागरिकसँग दीर्घकालीन संयन्त्र बनाएर सहकार्य गर्ने प्रहरीको यो नयाँ अभियानको उद्देश्य छ ।
खासगरी स्थानीय तहसँग मिलेर प्रहरीले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई अघि बढाउन खोजेको छ । ‘देशभरिका ६ हजार सात सय ४३ वडा छन्,’ प्रहरी मुख्यालयका एक अधिकारी भन्छन्, ‘एउटा वडालाई चारवटा क्लस्टरमा बाँडेर हामीले संयन्त्र बनाउँछौँ ।’
मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको प्रहरीको यो कार्यक्रममा आर्थिक रूपमा स्थानीय तहको सहयोगको अपेक्षा गरिएको छ । त्यस्तै, शिक्षा, महिला मन्त्रालयलगायतसँग सहकार्य गर्न लागिएको छ ।
कार्यक्रमअुनसार हरेक विद्यालयमा पुगेर प्रहरीले त्यहाँ पढाउनेछ । त्यसका लागि सुरक्षा पाठ्यक्रमसमेत बनाइएको छ ।















प्रतिक्रिया