२१ कार्तिक २०८३, शनिबार

इज्राएडले दियो विपतपछि व्यवस्थापनका लागि दुई सय सामग्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ कात्तिक । इज्राएडले प्रकोपबाट हुने जोखिम कम गर्न २०९ थान विपत्पछिको व्यवस्थापन सामग्री काठमाडौँ महानगरपालिकालाई शुक्रबार उपलब्ध गराइएको छ ।

जापान सरकार (परराष्ट्र मन्त्रालय) को आर्थिक सहयोगमा जापान इज्राएड सहयोग कार्यक्रमअन्तर्गत बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल नामक गैरसरकारी संस्थाले कामपालाई उक्त सामग्री हस्तान्तरण गरेको हो । विपद्पछिको समस्या कम गर्न र विपत्मा खटिने उद्धारकर्मीको सुरक्षासँगै जोखिममा परेको व्यक्तिको खतरा कम गर्ने उद्देश्यले कामपालाई ११ प्रकारका २०९ थान सामान उपलब्ध गराइएको हो ।

ती सामग्रीमा एक एक हेल्मेट, ब्याट्रीसहितको हेड लाइट, टर्च लाइट, चश्मा र मास्क, एक एक जोडी छाला र पातलो पञ्जा, चार लिटर पानी अट्ने एउटा झोला, एक एक सिठ्ठी, एल्मुनियम ब्लाङ्केट र एक थान प्राथमिक उपचार बाकस छन् ।

एज्राएड नेपालका लागि राष्ट्रिय निर्देशक मायुमी योसिडाले महानगरका उपप्रमुख हरिप्रभा खड्गीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । उपप्रमुख खड्गीले विपद्को अवस्था, प्रकार, व्यवस्थापन गर्ने विधि र सामग्रीका विषयमा जनप्रतिनिधिलाई क्षमतावान् बनाएर समुदायमा जानुपर्ने खाँचो रहेको बताउनुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले उद्धारमा खटिएका मानिस नै समस्याम पर्ने भएकाले आत्मसुरक्षा प्रथम भन्ने सिद्धान्तलाई व्यावहारिक कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । जापान इज्राएड नेपालका लािग राष्ट्रिय निर्देशक योसिडाले समुदाय क्षमतावान् भए विपत्तिका समयमा जोखिममा परेकालाई सबैभन्दा छिटो जोखिममुक्त बनाउन सकिने बताउनुभयो । –रासस