२१ कार्तिक २०८३, शनिबार

मुलुकको विकास र समृद्धिका लागि सबै अग्रसर हुनुपर्छ : गच्छदार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ८ कात्तिक । नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदारले संविधानको मर्म र भावनाअनुसार सरकार चल्नुपर्ने बताउनुभएको छ ।

प्रभात कृषक समूह र बूढीगङ्गा गाउँपालिकाद्वारा मोरङ सुकचारमा बिहीबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि सरकार संविधानको मर्म र भावनाअनुरुप अगाडि बढ्न सक्नुपर्दछ ।”

नेता गच्छदारले मुलुकको विकास र समृद्धिका लागि सबैले अग्रसरता देखाउनुपर्नेमा जोड दिदैं थारु जातिको भाषा, संस्कृति र पर्वलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो ।

प्रभात कृषि समूहका अध्यक्ष राजकुमार माझीको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । –रासस