२१ कार्तिक २०८३, शनिबार

बोक्सीको आरोपमा छिमेकीलाई मलमूत्र खुवाउन खोज्ने २२ वर्षीया युवती पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, ८ कात्तिक । बोक्सी भन्दै छिमेकीलाई मलमूत्र खुवाउन खोज्ने तिरहुत गाउँपालिका– २ मैनाकडेरी बडहराकी एक युवतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

गत असोज २२ गते शौचालयबाट लोटामा मलमूत्र ल्याई सोही ठाउँकी ४० वर्षीया मानवतीदेवी रामलाई खुवाउने प्रयास गरी कुटपिट गरेको आरोपमा २२ वर्षीया सुनिता रामलाई पक्राउ गरी आज जिल्ला अदालतमा पेश गरिएको प्रहरी निरीक्षक प्रतीक विष्टले बताउनुभयो । पीडितले गत असोज २३ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् ।

पीडितको प्राथमिक स्वास्थ्य केन्द्रमा सोही दिन उपचार तथा स्वास्थ्य परीक्षण भएको थियो । –रासस