१२ कार्तिक २०८३, बिहिबार

खराब खाना खुवाउने होटेलमा यात्रु लगे ड्राइभरलाई १५ सय कमिशन

7.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ८ कात्तिक । मुख्य राजमार्ग क्षेत्रका होटलमा बस रोकेबापत चालकसहितको समूहलाई होटल सञ्चालकले कमिसन दिने गरेका छन् । होटलमा धेरै ग्राहक तान्न उनीहरूले प्रतिबस एक हजारदेखि पच्चीस सय रूपैयाँसम्म कमिसन दिने गरेका छन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

प्रत्येक बस चालकलाई एक हजार पाँच सय रूपैयाँ कमिसन दिने गरेको इच्छाकामना ४ लेवाटारस्थित होटल एन्ड खाजा घरका सञ्चालक इन्द्रबहादुर आलेमगरले स्वीकारे।

‘चालकलाई कमिसन नदिए व्यवसाय ठप्प हुन्छ’, उनले भने, ‘नदिऊँ भन्दा कोही मान्दैनन् । एक्लैले रोकेर हुँदो रहेनछ । भत्ता नदिई सुखै छैन ।’ आलेले केही समय कमिसन नदिँदा होटलमा गाडी नै नरोकेपछि पुनः दिन बाध्य भएको उनले सुनाए ।

लेवाटार, कुरिनटार, जुगेडी, रामनगरका होटलले चालकलाई भत्ता दिएर खानासमेत खुवाउँछन् । रामनगरस्थित सुष्मा होटलका सञ्चालक माधव गौतमले भने, ‘चालकलाई कमिसन नदिइए होटल नै बन्द गर्नुपर्ने अवस्था आउँछ ।’ सोही स्थानको न्यू शिवशक्ति होटलले भने प्रतिबस एक हजार पाँच सय रूपैयाँ कमिसन दिने गरेको सञ्चालक विनोद भण्डारीले स्वीकारे ।

मौवाखोलादेखि रामनगरसम्म रागमार्गका होटलमा दैनिक पाँचदेखि २५ बस रोकिन्छन् । जिल्ला प्रशासन कार्यालय चितवनले होटल व्यवसायी संघसँग छलफल गरेर यस्तो कमिसन बन्द गराउने जनाएको छ । ‘कुनै पनि होटलले चालकलाई कमिसन दिन मिल्दैन’, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भने, ‘हामी थप अध्ययन गर्छौं ।’