११ कार्तिक २०८३, बुधबार

यी हुन् बाख्रीलाई खसी बनाएर मासु बेच्ने होटेल व्यवसायी

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ८ कात्तिक । रामनगरका होटलमा खसीको भन्दै बाख्रीको मासु बेच्ने गरेका स्वयं होटल सञ्चालकले स्वीकारे । कानूनअनुसार बाख्रीको बध गरेर मासु बेच्न पाइँदैन ।

रामनगरका होटलले भने खुलेआम खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने गरेका छन्। ‘भन्दा खसीको भनिए पनि बाख्रीको मासु नै बेच्ने गरेका छौं’, न्यू शिवशक्ति होटलका सञ्चालक भण्डारीले भने, ‘यहाँका सबै होटलमा बाख्रीकै मासु हुन्छ ।’

प्रशासन कार्यालयले खसीको भन्दै बाख्रीको मासु बेच्नेलाई कारबाही गर्ने बताएको छ । ‘एक महिनाअघि भरतपुरको मालपोत चोकमा रहेको मिराज मिट सप्लायर्स र अर्मान मिट सप्लायर्सलाई कारबाही गरेका थियौं’, चितवनका प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘होटलमा खसीको भन्दै बाख्रीको मासु पुर्याएर बेच्ने र होटल सञ्चालकलाई पनि हामी कारबाहीको दायरामा ल्याउनेछौं ।’खाद्य पदार्थ झुक्याएर बेच्नेलाई कालोबजारी ऐनअन्तर्गत जरिवाना र जेल सजायसमेत हुने कानूनी प्रावधान रहेको उनले बताए ।