मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

विश्वका उत्कृष्ट १० गन्तव्य सहरमध्ये पाँचौं भयो काठमाडौं

दैनिक नेपाल २०७५ कार्तिक ६ गते १७:४१

काठमाडौं, ६ कात्तिक । विश्वका उत्कृष्ट १० गन्तव्य सहरहरुको सूचीमा काठमाडौं पाँचौं स्थानमा परेको छ । अमेरिकी गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी ‘लोन्ली प्लानेट’ ले तयार पारेको आगामी एक वर्षका लागि घुम्नैपर्ने सहरमध्य काठमाडौं उत्कृष्ट पाँचौं स्थानमा परेको हो ।

लोन्ली प्लानेटले आफ्नो अनलाइन संस्करणमा सन् २०१९ का लागि घुम्न जाने सहरहरुको सूची तय गरेको छ । जसमा पहिलो स्थानमा डेनमार्कको कोपेनहेगन सहर परेको छ भने नेपालको राजधानी काठमाडौं पाँचौं स्थानमा परेको परेको हो ।

काठमाडौंले मेक्सिको, सेनेगल, अमेरिका, क्रोएसिया र मोरक्ककोका सहरलाई पछाडि पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित