२१ कार्तिक २०८३, शनिबार

मान्छेलाई बाँधेर राख्ने यी दम्पत्ति पक्राउ

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सन्धिखर्क, ६ कात्तिक । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ४ वांगलामा मानसिक सन्तुलन गुमाएकालाई बन्धक बनाएर राख्ने दुई जना पक्राउ परेका छन् ।

सन्धिखर्क नगरपालिका ४ वाङ्ला आमडाँडामा विजया दशमीको दिन मानसिक सन्तुलन ठीक नभएका नारायण खत्रीलाई रसीले बाँधेर आगनमा रातभरि छाडिदिने छिमेकी सुशीला नेपाली र उनका श्रीमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए ।

खत्रीलाई ८ घण्टापछि स्थानीयले अचेत अवस्थामा भेटेपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा खबर गरेका थिए । तत्काल खबर पाउनासाथ प्रहरी निरीक्षक नवराज मल्ल र प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको पहलमा पीडित नारायण खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको थियो ।

जिल्ला अस्पताल अर्घाखाँचीमा खत्रीको सामान्य उपचारपछि स्वास्थ्यमा जटिल समस्या देखिएपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाएको थियो । त्यहाँपनि उपचार संभव नभएपछि थप उपचारका लागि रिफर गरी भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

बन्धक बनाउने सुशीला नेपाली र उनका श्रीमानलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको छ ।