२१ कार्तिक २०८३, शनिबार

दार्चुलामा भीरबाट लडेर दुईजनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, ५ कात्तिक । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका १ दुबैशैन भन्ने ठाउँमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका(१ चोडा भन्ने ठाउँका ५४ वर्षका शंकर खडायत हुन् । अर्का एक मृतकको भने नाम नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

झगडा गर्दा भिरबाट लडेर उनीहरुको मृत्यु भएको प्रहरीको अनुमान छ । मृत्यु हुने दुवैजना दुई सय मिटर अग्लो भीरबाट खसेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।