जुम्ला, ५ कात्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको ओपिडी भवनमा भएको आगजनी र प्रसिद्ध धार्मिकस्थल चन्दननाथ मन्दिरको मूर्ति चोरीका विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न जुम्लावासीले माग गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
जुम्ला सदरमुकाममै रहेको चन्दननाथ मन्दिरबाट १२ मंसिर ०७३ को राति भगवान् दत्तात्रयको बहुमूल्य मूर्तिसहित २८ वटा मूर्ति चोरी भएका थिए । सो घटनाको सिआइबीले अनुसन्धान गरे पनि हालसम्म प्रतिवेदन सार्वजनिक भएको छैन । चोरीमा मन्दिरका तत्कालीन पुजारी चन्द्रशैलेश्वर गिरी र स्थानीय जयकृष्ण आचार्य संलग्न रहेको भन्दै जिल्ला अदालतले जनही ७र७ लाख जरीवानासहित दुई वर्ष कैद सजाय तोकेको थियो ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतका अनुसार जुम्लामा दुई ठूला घटना घटे, यिनी दुवै घटनाको अनुसन्धान सिआइबीले ग¥यो तर यति धेरै समयसम्म नत प्रतिवेदन सार्वजनिक गरेको छ न त दोषीलाई पक्राउ गरेको छ । उनले भने, ‘जुम्लामा उपलब्धिविनाको अनुसन्धान गरेकाले सिआइबीको अनुसन्धानप्रति जुम्ली नागरिकको विश्वास घट्दै गएको छ ।’
नागरिक अगुवा धनबहादुर बुढाले सिआइबीको अनुसन्धान जुम्लामा उपलब्धिमूलक नभएको टिप्पणी गरे । ‘चन्दननाथ मूर्ति चोरी र प्रतिष्ठानको ओपिडी भवनमा आगजनी घटनाका विषयमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको हो तर लामो समयसम्म पनि प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन,’ उनले भने । मूर्ति चोरी घटनाका विषयमा तत्कालीन पुजारी चन्द्रशैलेश्वर गिरी र स्थानीय जयकृष्ण आचार्यले सजाय भोगिरेह पनि घटना यतिमा सीमित नभएको उनले बताए ।















प्रतिक्रिया