मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

भिरबाट लडेर महिलाको मृत्यु

दैनिक नेपाल २०७५ कार्तिक ३ गते १९:१८

म्याग्दी, ३ कात्तिक । म्याग्दी रघुगङ्गा गाउँपालिका– ६ कोटगाउँस्थित ढाडेगौडाको भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेकी २६ वर्षीया सुष्मा पुन रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घरबाट श्रीमान् र छोरीसहित कोटगाउँस्थित माइतीघर जाँदै गरेकी पुनको बाटोबाट १५० मिटर तल खसेर मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए।

बिहीबार राति भिरबाट खसेकी पुनको शव शुक्रबार बेनी अस्पतालमा ल्याई परीक्षण गरेर आज आफन्तको जिम्मा लगाइएको पनि उनले बताए।

प्रतिक्रिया
सम्बन्धित