मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

साथी भेट्न स्कुल गएका बालक बेपत्ता

दैनिक नेपाल २०७५ कार्तिक ३ गते १०:१२

काभ्रेपलाञ्चोक, ३ कात्तिक । पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन् । सम्राट बिहान ढुङ्गानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले बताए।

स्थानीय प्रभातफेरी साप्ताहिकका सम्पादक रहेका मैनालीले भने, “बिहान साथी भेट्न हिँडेको छोरा टीकाको साइत भइसक्दा पनि नआउँदा खोजबिन ग-यौँ अहिलेसम्म कतै भेटिएन ।” सम्राट नभप्रतिभा बोर्डिङ स्कूलमा कक्षा ६ मा अध्ययनरत छन् ।

जिल्ला प्रहरी कार्यालयले सम्राटको खोजीका लागि आज बिहानैदेखि प्रहरी पलिचालन गरिएको जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, “मातहतका सबै निकायमा सूचना गरी खोजतलास शुरु गरिसक्यौँ ।”

प्रतिक्रिया
सम्बन्धित