मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

६ श्रीमानका दसैं योजना : कोही ध्यानमा, कोही आत्मकथामा रमाउँदै

दैनिक नेपाल २०७५ असोज ३० गते ९:४६

काठमाडौं – पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको यो दसैं पूरै ध्यानमय हुनेछ । ध्यान भगवानप्रति समर्पित  रहनेछ । उनले पशुपतिको दर्शन पनि गर्नेछन् । दसैं भने सामान्य ढंगले मनाउने योजनामा छन् ।

‘मेरो दसैं कानुन र संविधानमा होइन, पूरै अध्यात्मिक चिन्तन र ध्यानमा बित्नेछ’ श्रेष्ठले भने, ‘परलोक सुधार्ने काममा लाग्छु, पशुपतिको दर्शन गर्न जान्छु ।’ पशुपतिको आराधनाले मोक्ष प्राप्ति हुने विश्वास उनमा छ । श्रेष्ठले प्रधानन्यायाधीश बन्न पशुपतिनाथकै आशिर्वाद रहेको बताए । उनी बिहान श्रीमदभागवतगीता पाठ गर्छन् ।

अर्का पूर्वप्रधानन्यायधीश अनुपराज शर्मा भने नास्तिक हुन् । उनी भने किताब पढेर दसैं बिदा सदुपयोग गर्ने मुडमा छन् ।

अर्का पूर्वप्रधानन्यायधीश केदारनाथ उपाध्याय  पशुपति र भगवती मन्दिरमा पुगेर दर्शन गर्ने, परिवारका जेष्ठ सदस्य भएका कारण परिवार र घरमा आउने बाबुनानीलाई टीका लगाइदिने, आफन्तकहाँ भेटघाट गर्ने ध्याउन्नमा छन् ।

अर्का पूर्वप्रधानन्यायधीश मीनबहादुर रायमाझीको भने दसैंमा के गर्ने भनेर अझै योजना बनेको छैन ।

पूर्वप्रधानन्यायधीश गोपाल पराजुली भने दसैंभर आत्कथा लेखेर बस्ने योजनामा छन् । उनले आत्मकथाको नाम पनि जुराइसकेका छन्, ‘संयोगका पानाहरु’ ।

प्रधानन्यायधीश ओमप्रकाश मिश्र भने यसपटक गृहजिल्ला रुपन्देहीको राइपुर पुगेर दसैं मनाउँदै छन् ।

अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रतिक्रिया
सम्बन्धित