२१ कार्तिक २०८३, शनिबार

फिरौती रकम नपाएपछि अपहरित बालकको हत्या

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २८ असोज । बारामा एक बालकको अपहरणपछि हत्या भएको छ । सिम्रौनगढ–३ का स्थानीय धनेश्वर यादवका छोरा दीपक यादवको अपहरण गरी हत्या भएको हो ।

फिरौतीका लागि दश लाख रकम माग गरेका तर नपाएपछि बालकको हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न भएको आरोपमा स्थानीय सुरेन्द्र कुशवाहा र श्यामसुन्दर बैठा पक्राउलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।