
काठमाडौँ, २७ असोज । सिन्धुलीमा फेरि बस दुर्घटना भएको छ । काठमाडौंबाट गाइघाट जाँदै गरेको बा २ ख ५९३४ नम्बरको बस सुनकोशी गाउँपालिका–३, रातोमोटेमा दुर्घटनामा परेको हो ।
बसमा ३० जना सवार थिए । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार घटनामा एक जना घाइते भएका छन् भने अन्यको अवस्थामा सामान्य छ ।

ओभरटेक गर्ने क्रममा दुर्घटना भएको बुझिएको छ । यसअघि शुक्रबार सुनकोशी–५, मूलकोटमा बस खस्दा ३ जनाको मृत्यु भएको थियो ।












प्रतिक्रिया