२१ कार्तिक २०८३, शनिबार

ट्याक्टरबाट खसेर महिलाको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, २६ असोज । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा बिहीबार वार एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खोटाङको खोटेहाङ गाँउपालिका–२ का ३२ वर्षीया निङल्हामु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पाँचधारेबाट किराना पसलको सामान लिएर घरतर्फ जाँदै गर्दा शेर्पाको को २ त ४६१८ नं को ट्याक्टरबाट खसेर मृत्यु भएको हो । ट्र्याक्टर चालकलाई प्रहरी चौकी पाँचधारेले नियन्त्रणमा लिएको छ । –रासस