शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

उपमहानगरपालिकाले शुरु गर्‍यो सडक मर्मत

दैनिक नेपाल २०७५ असोज २५ गते १५:२५


इटहरी, २४ असोज । एक लाख भन्दा बढि जनता प्रभावित हुने सडक सुनसरी–मोरङ सिँचाई आयोजनाले मर्मत नगरेपछि इटहरी उपमहानगरपालिकाले काम अगाडी बढाएको छ ।

सुनसरी–मोरङ सिचाई आयोजनाको नहर किनारको करिब १० किलोमिटर सडकमा मिक्सगिटि हालेर मर्मत तीव्र वनाएको हो । इटहरी उमहानगरका मेयर द्वारिकलाल चौधरीका अनुसार २३ वटा टिपरले खोर्सानेखाप उत्तर वुढिखोलाबाट मिक्स गिटि लगेर सडक मर्मतको कार्य भइरहेको छ ।

दशै विदा अघिनै १० किलोमिटर सडक मर्मत कार्य सकिने छ । इटहरी ११ नम्वर वडाको वुढिखोला पूल पश्चिम १६ नम्वर वडाले छुने रामधुनी नगरपालिकाको सिमाना सम्मको सडक मर्मत कार्य भइरहेको हो । अत्याधिक खाल्डा खुल्डी भएर हिडन समेत मुस्किल हुने हुन थालेको र दुर्घटनाको समेत जोखिम वढेपछि स्थानीय सरकारले आफै मर्मतमा अग्रसरता देखाएको हो ।

प्रतिक्रिया
सम्बन्धित