शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

भिरबाट लडेर दुईको मृत्यु

दैनिक नेपाल २०७५ असोज २५ गते १४:२९

जाजरकोट, २५ असोज । बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको बिहीबार घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ । घाँस काट्दै गर्दा चिप्लिएर उहाँको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिनुभयो ।

त्यस्तै बारेकोट गाउँपालिका–५ का ४१ वर्षीय हरिबहादुर सिंहको लडेर मृत्यु भएको सरस्वती मावि नायकवाडा सिलिगिचौरका शिक्षक घमण्ड शाहले जानकारी दिनुभयो । स्थानीयवासी जङ्गलमा घाँस काटेर घरमा ल्याउँदै गर्दा उहाँको पनि बिहीबार बिहान मृत्यु भएको हो । –रासस

प्रतिक्रिया
सम्बन्धित