२१ कार्तिक २०८३, शनिबार

प्रहरीलाई थप चुस्त बनाउन नागरिकको हौसला र उत्साह आवश्यक–सर्वेन्द्र खनाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले प्रदान गर्ने सेवा तथा सुरक्षालाई थप चुस्त बनाउन नागरिक समाजको हौसला एवं उत्साह आवश्यकता रहेको बताएका छन् ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटो, ललितपुरको जनसहभागिताबाट नवनिर्मित कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले भौतिक साधन स्रोतको अभावका बावजुद पनि नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिकको सुरक्षा र ट्राफिक व्यवस्थापनमा राष्ट्रले सुम्पेको जिम्मेवारी अहोरात्र खटिएर निर्वाह गर्दै आएको चर्चा गरे ।

जिम्मेवारी निर्वाह गर्ने क्रममा साना गल्ती तथा त्रुटीहरुले पनि समग्र संगठनमाथि नै लाञ्छना लाग्ने हुँदा राष्ट्रले सुम्पेको जिम्मेवारी गम्भीरतापूर्वक बहन गर्दै सबै प्रहरी कर्मचारीहरुले इमान्दारिता, निष्ठापूर्वक र ढृढतापूर्वक काम गर्नुपर्ने उनले बताए ।

नागरिकको सहभागितामा निर्माण भएको भवन उदाहरणीय रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले निर्माण कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरुप्रति आभार प्रकट गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले भवन निर्माण समितिका पदाधिकारी तथा भवन निर्माणका लागि १ लाख भन्दा माथि नगद तथा जिन्सी सामान सहयोग गर्ने संघसंस्था तथा प्रतिनिधिहरुलाई सम्मानपत्र समेत प्रदान गरे ।

भवन निर्माण समितिका कोषाध्यक्ष रामकाजी अवालेले भवन निर्माण सन्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै भवन २ करोड १५ लाख ९५ हजार ६ सय ८१ रुपैयाँको लागतमा निर्माण भएको जानकारी दिए ।

भवन निर्माणमा उल्लेखनिय भूमिका खेलेका ललितपुर ट्राफिक प्रहरी परिसरका प्रहरी निरीक्षक सिताराम हाछेथुलाई नगद १ लाख १ हजार रुपैयाँ र प्रहरी हवल्दार इश्वरप्रसाद बन्जारालाई ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो ।