
जुम्ला, २४ असोज । जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका १० गाउँ र टोल छाउगोठमुक्त गरिएका छन् ।
तातोपानी गाउँपालिका–५ को लाम्रा गाउँलाई मङ्गलबार १० औँ गाउँका रुपमा छाउगोठमुक्त घोषणा गरिएको हो । सो गाउँपालिकाका श्रीनगर, हियाखोला र जैतपुरका बस्ती छुईगोठमुक्त घोषणा भइसकेका छन् । तिला गाउँपालिकाका ढिमकोट, जोगीवाडा र रावतवाडा तथा पातारासी गाउँपालिका–५ वडा माथिल्होर्प र तलिल्होर्प गाउँ पहिला नै छाउगोठमुक्त घोषणा भइसकेका छन् ।
तातोपानी गाउँपालिका उपाध्यक्ष गङ्गादेवी उपाध्याका अनुसार अहिले महिलामा केही सचेतनाको विकास भएको छ । महिलाको सुरक्षालगायत विषयमा विशेष सहयोग गर्ने श्रीमान् तथा परिवारलाई स्थानीय तहले सम्मानका कार्यक्रम ल्याउने तातोपानी–५ का वडाध्यक्ष हरिबहादुर डाँगीले बताउनुभयो । –रासस












प्रतिक्रिया