
काठमाडौँ, २३ असोज । बझाङको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।
बागथलाबाट बिजगडा जाँदै गरेको से १ ज ७२६ नम्बरको जीप मंगलबार बिहान ६ः३० बजे बुङ्गल नगरपालिकाको ठिमीबगर भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चालकसहित १४ जना सवार जीप दुर्घटनामा कञ्चनपुर बेदकोट–५ बस्ने ५६ वर्षीय धनबहादुर बोहरा र ६५ वर्षीया विष्नादेवी बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइतेहरुको उद्धार गरेर उपचारका लागि लगिएको छ । जीप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।












प्रतिक्रिया