१२ कार्तिक २०८३, बिहिबार

दिदीबिहनीमाथि एसिड हान्ने व्यक्ति पक्राउ पर्न सकेन, एकजनाको अवस्था गम्भीर

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । रौतहटको चन्द्रपुर–६ मा भदौ २६ गते एसिड प्रहारमा परेका दिदीबहिनीमध्ये एकको अवस्था गम्भीर बन्दै गएको छ । १८ वर्षीया सम्झनाकुमारी दास र उनकी बहिनी १५ वर्षीया सुस्मिताकुमारीमाथि घरमै सुतिरहेको बेलामा राति १२ बजे एसिड आक्रमण भएको थियो ।

उनीहरूको हाल काठमाडौको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उनीहरु तीजको अघिल्लो दिन साँझ परिवारसँग दर खाएर आफ्नो कोठमा सुत्न गए । घरमा आमा र कान्छी बहिनी पनि थिए । बुबा र भाइ भने सधैंजस्तो आफ्नो काम गर्ने ठाउँ (पुलहाउस) कुर्न गएका थिए । राति १२ बजे सम्झना बेस्सरी चिच्याएपछि सुस्मिता ब्युँझिइन् ।

दिदीलाई के भयो भनेर सोध्नसमेत नपाई उनको पनि पाखुरामा आगो लगाएजस्तो गरी पोल्यो । शरीरमा फैलिएको पीडा सहन नसकेर दिदीबहिनी दौडेर आँगनको धारामा रुँदै नुहाउन थाले । सुस्मिताले घटना भएको रात सम्झिइन्, ‘हामीलाई एसिड हान्ने व्यक्ति देखेनौं, तर कुन बेला पानीमा डुबौंजस्तो मात्रै भएको थियो ।’

बुबा जादोरलाल घर आइपुग्दा छिमेकीले छोरीहरूलाई नुहाइदिंदै थिए । के भएको भनेर उनलाई थाहा थिएन । तेजाब हानेको भन्ने गाइँगुइँ सुनेपछि उनको हंसले ठाउँ छोडयो ।

उनले त्यो रात सम्झिए, ‘एम्बुलेन्स बोलाउँछु भनेर फोन निकाले हात कामेर नम्बर डायल गर्न सकिनँ, एउटै स्कुटरमा बच्चाहरुलाई राखेर अस्पतालतिर बत्तिएँ ।’ जिल्लाको चन्द्रपुर अस्पतालमा उपचारका सम्भव नभएपछि उनीहरू सोही रात काठमाडौं रेफर भएका हुन् ।