१२ कार्तिक २०८३, बिहिबार

किशोरीलाई मुख थुनेर, कपाल काटेर…

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बुटवल, १ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक बालिकामाथि आक्रमण भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब २ बजे नगरपालिका–१ की १३ वर्षीया बालिकामाथि आक्रमण भएको हो । बालिका आफ्नै घरको कोठामा सुतिरहेकी थिइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

घरको बाहिर पट्टीबाट भर्‍याङ लगाई कोठामा अपरिचित व्यक्तिहरु आइ उनको बायाँ पट्टीको कपाल काट्नुका साथै घरको दोस्रो तलाबाट खसालेर घाइते बनाएको प्रहरी जानकारी दिएको छ ।

बालिकालाई उनकी आमाले आइतबार बिहान करिब ६ बजे घाइते अवस्थामा देखेपछि उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पुर्‍याएका थिए । परिवारले प्रहरीलाई साढे ७ बजे खबर गरेपछि मात्रै प्रहरीले अनुसन्धान थालेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले अनुसन्धानपछि घटनाबारे तथ्यहरु खुल्ने बताए । दुई जना मान्छेहरु आएर बालिकालाई फालेको परिवारले बताएको एसपी थापाले बताए ।

घटनाबारे प्रहरीले गम्भिर रुपमा लिएर अनुसन्धान गरिरहेको र बालिकाको स्वस्थ्य उपचार पनि भइरहेको उनले बताए । बालिकाको बायाँ हात र खुट्टा फ्याक्चर भए पनि उनको स्वास्थ्यस्थिति खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले परिवारले दिएको बयानअनुसार साढे तीन तलाको घरको दोस्रो तलाको कोठामा उनी सुतेकी थिइन् ।

बालिका राति १० बजे सुतेकी र राति २ बजे शौचालय जाँदै गर्दा आक्रमण भएको प्रहरीले बताएको छ । आक्रमणकारीले मुख थुनेर कपाल काटिदिएका थिए भने घर माथिबाट फालेका थिए ।

‘छोरीलाई पढ्न उठाउँन जाँदा नभेटिएपछि खोजतलास गर्दा घरको बाहिरपट्टीको भूइँमा वेहोस अवस्थामा भेटिएकी थिइन्,’ परिवारको भनाइ उदृत गर्दै प्रहरीले बतायो ।

बालिकाको हाल भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।