शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

एनआईसी एशिया बैंकद्वारा दुई चमत्कारिक कर्जा योजना सार्वजनिक, के-के छन् विशेषता ?

दैनिक नेपाल २०७५ भदौ २९ गते १३:५६

काठमाडौं, २९ भदौ । एनआईसी एशिया बैंकले चमत्कारिक विशेषताहरु भएका दुई नयाँकर्जा योजनाहरु ‘चमत्कारिक सवारी कर्जा’ र ‘चमत्कारिक घर जग्गा कर्जा’ सार्वजनिक गरेको छ । यस कर्जा योजनाहरु ग्राहकहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सबैको लागि अझ बढी सहज, सवल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

‘एनआईसी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार’ भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने ग्राहकहरुले समेत चमत्कारिक लाभ उढाउन सक्नेछन् ।

चमत्कारिक सवारी कर्जाका आर्कषक विशेषताहरु :

१.तुरुन्तै कर्जा स्वीकृति(On the Spot Financing) हुने
२. अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानीअवधि
३. अति न्यून मासिक किस्ता रकम (सवारीको मूल्यअनुसार मासिक ११,००० रुपैयाँबाट नै किस्ता रकम सुरु हुने )
४. आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्कपूर्व भुक्तानी गरी आफ्नो इच्छाअनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने
५.मासिकब्याजदर ०.९% मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. घर जग्गार सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था

चमत्कारिक घर जग्गा कर्जाका  आर्कषक विशेषताहरु :

१. आफ्नो आम्दानीअनुसार आफैं मासिक किस्ता निर्धारण गर्न सकिने
२. अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि
३. आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्कपूर्व भुक्तानी गरी आफ्नो इच्छाअनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
४. कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
५. मासिक ब्याजदर ०.९% मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. आधार दरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने

दुवैचमत्कारिक कर्जा योजनाहरुबैंकको आफ्नो मुलुकभरी रहेको २४४ वटै शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई आफूले चाहेको गाडी तथा घर जग्गा बिना झन्झट,न्यूनतम ब्याजदर तथा न्यूनतम किस्ता रकममा उपलब्ध गराउने बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित