१ कार्तिक २०८३, शनिबार

लालु यादव मुब्बई अस्पतालबाट फिर्ता

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, ९ भदौ । राष्ट्रिय जनता दल (आरजेडी) नेता लालु यादवलाई मुम्बईस्थित एशियन हार्ट इन्टिच्युटमा करिब पाँच दिनलामो उपचारपछि अस्पतालबाट घर फिर्ता भएका छन् ।

छाती दुख्ने समस्या आएपछि जेलबाट अस्पताल लगिएका पूर्व मुख्यमन्त्री यादवलाई हेमोग्लोविनको सङ्ख्या आवश्यकताभन्दा कम भएको पाइएपछि भर्ना गरी उपचार गरिएको थियो । सत्तरी वर्षीय यादवलाई तीन महिना यता दोस्रो पटक अस्पताल भर्ना गरिएको थियो । उनलाई पहिलोपटक गत जुन १९ गते छातीमा पीडा भएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

बिहारमा सन् २००४ देखि २००९ सम्म यादव नेतृत्वमा रहेको समयमा आफ्नो पक्षको एक निजी होटेल कम्पनीको अनुकुलमा निर्णय गरेको आरोपमा उनीविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरिएको थियो । उनले पदमा रहँदा पदीय दायित्व विरुद्ध हुनेगरी आर्थिक अपचलन गरेको अभियोगमा विगत केही समयदेखि जेल जीवन विताउँदै आएका छन् ।

उनलाई उपचारका लागि गत मे महिनामा छ हप्ताका लागि जमानत दिइएको थियो । जसलाई पछि अगस्ट ३० सम्मका लागि थप गरिएको थियो । आरजेडी अध्यक्ष यादवविरुद्ध ‘द इन्सफोर्समेन्ट डाइरेक्टरेट’ले रेलमार्ग ठेक्का प्रकरणमा दोषी रहेको दावी गर्दै शुक्रबार आरोप–पत्र दर्ता गरेको हो ।

यादव, उनकी पत्नी राब्री देवी तथा उनीहरूका कान्छा छोरा तेजस्वी यादवसहित १३ जनाविरुद्ध उक्त ठेक्का प्रकरणमा दोषी दावी गर्दै आरोप पत्र दर्ता गरिएको छ ।

झारखण्ड उच्च अदालतले पूर्व रेलमन्त्री यादवद्वारा औषधी उपचार धरौटी जमानतका लागि गरेको निवेदनलाई अस्वीकार गरेको केही घण्टामा यो कदम आएको थियोे । उच्च अदालतले अगस्ट ३० सम्ममा आत्मसमर्पण गर्न आदेश दिएको छ ।

लालुमाथि पशुलाई खुवाइने चारा प्रकरण (फडर–स्क्याम)मा करोडौँ रूपैँया अनियमितता गरेको लगायतका विभिन्न चार मुद्दामा दोषी ठहर गर्दै केही वर्षयता बन्दीका रूपमा राखिँदै आएको छ । एएनआई