शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

फिजीमा शक्तिशाली भूकम्प, जमिनभन्दा पाँच सय मिटर तल केन्द्रबिन्दु

दैनिक नेपाल २०७५ भदौ ३ गते ८:१२

फिजी, ३ भदौ । फिजी र तोङ्गा नजिकैको प्रशान्त महासागरमा शक्तिशाली भूकम्प मापन गरिएको छ । आइतबार बिहान फिजीका पूर्वी लेभुका क्षेत्रमा ८।२ म्याग्नेच्युडको भूकम्प गएको हो ।

अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्प जमिनको सतहभन्दा पाँच सय ५९ किलोमिटर गहिराइबाट गएको हो ।

अमेरिकी सुनामी चेतावनी केन्द्रले भूकम्प अत्यधिक गहिराइबाट गएका कारण सुनामीको खतरा भने नरहेको बताएको छ । केन्द्रले सुनामीको सानो छाल आएपनि यसले कुनै क्षति नपुगेको जानकारी दिएको छ ।

भूकम्पका कारण न्यूजिल्याण्डमा सुनामीको कुनै खतरा नभएको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित