१ कार्तिक २०८३, शनिबार

अफगानिस्तानमा २२ लडाकू मारिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अफगानिस्तान, २ भदौ । अफगानिस्तानको जाबुल प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा २२ लडाकू मारिएका छन् ।

अफगान हवाई बलले शुक्रबार गरेको कारबाहीमा उनीहरु मारिएका स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन् ।

‘तालिबान लडाकू भेला भएर बसेका थाहा पाएपछि सुरक्षा फौजले शुक्रबार दिउँसो सो हवाई कारबाही सुरु गरेका थिए,’ प्रान्तीय प्रहरी प्रमुख मोहम्मद मुस्ताफा मायरले भने ।

मारिएका तालिबान लडाकूमा स्थानीय कमाण्डर मुल्लाह ताटिफ, असाडुल्लाह, असिर र बार्याली पनि रहेको उनले बताए ।

आक्रमणका क्रममा लडाकूले प्रयोग गर्ने गरेको ११ ओटा मोटरसाइकल पनि नष्ट भएको प्रहरी प्रमुख मायरले जानकारी दिए । -रासस