१ कार्तिक २०८३, शनिबार

मालीको राष्ट्रपतिमा केइटा पुनः निर्वाचित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माली, १ भदौ । मालीका राष्ट्रपति इब्राहिम बाउबाकर केइटा थप एक कार्यकालका लागि फेरि निर्वाचित भएका छन् ।

आगामी पाँच वर्ष पनि राष्ट्रपति नै रहनेगरी भारी मत अन्तरले उनी पुनः निर्वाचित भएका हुन् ।

विदेशी पर्यबेक्षकहरूको कडा निगरानीकाबीच भएको निर्वाचनबाट ७३ वर्षीय केइटाले ६७.१७ प्रतिशत मत आफ्नो पक्षमा पारेका छन् ।

गत आइतबार भएको निर्वाचनमा उनका प्रतिद्वन्द्वी तथा पूर्वअर्थमन्त्री सौमैला सिसेले ३२।८३ प्रतिशत मत ल्याएका थिए
।

सन् २०१३ मा पनि केइटासँग प्रतिस्पर्धा गर्नुभएका ६८ वर्षीय सिसेले त्यतिबेला ३४।५ प्रतिशत मत पाएका थिए ।

भूपरिवेष्ठित मुलुक मालीमा झण्डै २० प्रकारका आदीवासीहरूको मुख्य बसोबास रहेको छ । उनीहरूबीचमा द्वन्द्वपनि रहेको छ ।

द्वन्द्वहरूमा पनि यस वर्ष मात्रै सयौँ मानिसको मृत्यु भएको थियो । निर्वाचनका बेला द्वन्द्वको विषयलाई नै विपक्षीहरूले मुख्य मुद्दा बनाएका थिए ।

निर्वाचनमा पराजित भएको प्रतिपक्षी समूहहरूले भने नतिजा अस्वीकार गर्ने बताएका छन् । निर्वाचन परिणाम विश्वसनीय नभएको विपक्षीहरुको दावी छ । एएफपी