१ कार्तिक २०८३, शनिबार

कम्बोडियाको संसदका सबै सिटमा सत्तारुद्ध दल विजयी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कम्बोडिया, ३१ साउन । कम्बोडियामा भएको निर्वाचनमा संसदका सबै सिटमा सत्तारुढ दल विजयी भएको घोषणा गरिएको छ ।

विपक्षी दलको सहभागीता नै नरहेको निर्वाचनमा सबै सिटमा सत्ताधारी नेता हुन सेनको पार्टी विजयी भएको घोषणा गरिएको हो ।

निर्वाचनको यो नतिजासँगै मुलुकमा एउटा मात्रै दलले शासन गर्ने अवस्था देखिएको छ भने विश्वभरीबाट निर्वाचनको औचित्य र वैधतामाथि प्रश्न उठाइएको छ । झण्डै ३३ वर्षदेखि शक्तिमा रहेका नेता हुन सेन फेरी शक्तिमै रहनु भएको छ ।

राष्ट्रिय निर्वाचन आयोगका प्रवक्ताले एएफपीलाई दिएको जानकारीअनुसार निर्वाचनको अन्तिम नतिजा बुधबार घोषणा गरिएको हो ।

नयाँ नतिजाअनुसार हुन सेनको सत्तारुढ दल कम्बोडियन पिपल्स पार्टी ९सीपीपी०ले संसदका सबै सिटमा जित हासिल गरेको छ । कम्बोडियाको संसदमा १२५ सिट रहेको छ ।

नतिजा सार्वजनिक भएसँगै अर्को महिना नयाँ सरकार गठन हुने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् । तर विश्वसनीयता, वैधता र औचित्यसम्बन्धी विवाद भने कायमै रहने देखिएको छ ।

कम्बोडियामा गत जुलाई २९ मा भएको निर्वाचनको नतिजा निर्र्वाचन आयोगले बुधबार मात्रै सार्वजनिक गरेकोे हो । एएफपी