१ कार्तिक २०८३, शनिबार

रहेनन् बामपन्थी नेता सोमनाथ चटर्जी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलकाता, भारत, २८ साउन । भारतीय लोकसभाका पूर्व सभामुख एवं बामपन्थी नेता सोमनाथ चटर्जीको कोलकातामा सोमबार बिहान निधन भएको छ । उनी ८९ वर्षका थिए ।

चटर्जी अगष्ट १० मा यहाँस्थित एक निजी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । चिकित्सकका अनुसार उनमा मुटुको समस्या थियो ।

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का नेता श्री चटर्जी मृगौला रोगबाट थलिएका थिए । उनलाई शनिबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । गत जुलाईमा समेत उनलाई हृदयघात भएको थियो ।

सन् १९२९ जुलाई २५ तारिखमा जन्मिएका चटर्जी १० पटकसम्म भारतीय लोकसभाका सदस्य थिए । भारतमा सबैभन्दा बढी लोकसभामा प्रतिनिधित्व गर्नेमध्येका उनी एक थिए । उनी सन् २००४ देखि २००९ सम्म भारतीय लोकसभाका सभामुख थिए । -रासस