
भक्तपुर, २२ साउन । ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका–३ घर भई हाल भक्तपुर नगरपालिका–१० कालोपाटी बस्ने ५१ वर्षीय टेकबहादुर केसीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
गएको बैशाख ८ गते मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा सोही नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठलाई कुटपिट गरी ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी केसीलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका–१० कालोपाटीबाट पक्राउ गरेको हो ।
यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया