
काठमाडौँ, २२ साउन । नेपाली सेनाको विपद् व्यवस्थापन तालिम शिक्षालयको उदघाटन गरिएको छ । काठमाडौँको गोकर्णमा रहेको शिक्षालयको मंगलबार प्रधानसेनापति राजेन्द्र क्षत्रीले उदघाटन गरेका हुन् ।
सेनाले युद्ध बाहेकका अपरेशनहरु विपद् व्यवस्थापन, प्रकृति संरक्षण, विकास निर्माण, चुरे क्षेत्र संरक्षण, निजामति प्रशासनलाई सहयोग तथा सैनिक–नागरिक सम्बन्धमा अभिवृद्धि गर्ने कार्यहरुलाई प्राथमिकताका साथ निरन्तर रुपमा बहन गर्दै आइरहेको छ ।
भविष्यमा हुन सक्ने प्राकृतिक प्रकोपको क्षति न्यूनिकरणको लागि शिक्षालयले विपद् व्यवस्थापनको लागि छिटोछरितो र सुरक्षित तरिकाले उद्धार गर्ने प्रविधि तथा कौशलमा निपूर्ण बनाउने तालिमहरु सञ्चालन गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।












प्रतिक्रिया