
काठमाडौँ, २२ साउन । विमानस्थलबाट तस्करी गरेको करिब आधा किलो सुनसहित एक युवक पक्राउ परेका छन् ।
सुनसरी घर भएका फैयाज आलमलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो ।
आलमको साथबाट सुनका ७ वटा चुरा र ५ वटा बेरुवा औंठी बरामद गरेको छ । ४ सय ५७ ग्राम बराबरको बरामद सुनका मूल्य २१ लाख ९४ हजार रुपैयाँ छ ।
उनले वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रयोग गरी सुन तस्करी गरेका थिए । पक्राउ परेका आलमलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ ।












प्रतिक्रिया