बेइजिङ, २२ साउन । अमेरिकाले उत्तर कोरियासँगको सम्बन्ध सुधार गरिरहेका बेला चीनले पहिलोपटक अत्याधुनिक सुपरसोनिक विमानको सफलतापूर्वक परीक्षण गरेको छ ।
यसलाई युद्धको बेला परमाणु अस्त्र बोक्न र कुनै पनि मिसाइल प्रतिरक्षा प्रणालीलाई प्रक्षेपण गर्न प्रयोग गरिनेछ ।
चाइना एकेडेमी अफ एयरोस्पेस एयरोडाइनामिक्सले ‘शिङ्गकोङ्ग–२’ नामक सुपरसोनिक विमान शुक्रबार चीनको उत्तरपश्चिममा अवस्थित परीक्षण स्थलबाट प्रक्षेपण गरिएको थियो । सीएएएले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै त्यसको जानकारी दिएको हो ।
सुपरसोनिक विमानलाई रकेटमार्फत लञ्च गरिएको थियो । स्वतन्त्ररुपले उड्दै पूर्वनिर्धारित क्षेत्रमा अवतरण गरेको थियो ।
सुपरसोनिक विमान त्यसलाई भनिन्छ जो आवाजको गतिभन्दा पाँच गुणा बढी वा त्योभन्दा पनि धेरै रफ्तारका साथ उड्दछ । यसअघि अमेरिका र रुसले सुपरसोनिक विमानको सफलतापूर्वक परीक्षण गरेका थिए ।
चीनले सुपरसोनिक विमान परीक्षण पूर्णरुपमा सफल भएको जनाएको छ । सुपर सोनिक विमानको डिजाइन सीएएएले चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनसँग मिलेर तयार पारेको थियो । एजेन्सी















प्रतिक्रिया