
चितवन, १९ साउन । नारायणगढ जेसीस तथा लेडी जेसीसको संयुक्त आयोजनामा संचालन भइरहेको जेसिज सप्ताह अन्तर्गत पाँचौ दिन माडीको सेरुवामा निशुल्क स्वास्थ्य शिविर तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सेरुवाको प्राथामीक विद्यालयमा २ सय ७३ जनाको निशुल्क स्वास्थ्य परीक्षण गरीएको कार्यक्रमका मुल संयोजक वासुदेव दवाडीले जानकारी दिए ।
विपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालका बरीष्ठ फिजीसियन डा जयराम अधिकारी र डा जयानन्द सिंहले स्वास्थ्य परीक्षण गरेका हुन् ।
सोही अवसरमा उक्त प्राथामिक विद्यालयमा ११ थान पंखा हस्तान्तरण समेत गरीएको छ । माडी नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रम नारायणगढ जेसीजका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
सप्ताहाको छैटौँ दिन आइतवार नारायणगढको पुलचोकमा ट्राफिक सचेतनाका लागि स्लो स्कुटर रेस प्रतियोगिता आयोजना गरीएको छ ।












प्रतिक्रिया