२१ कार्तिक २०८३, शनिबार

तलब नपाउँदा सुर्खेतका शिक्षक आन्दोलित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सुर्खेत, १९ साउन । आर्थिक वर्ष ०७५/७६ को अन्तिम चौमासिकको तलब बेलैमा नपाउँदा तिला गाउँपालिका जुम्लाका शिक्षकहरु आन्दोलित भएका छन् ।

साउन महिना बित्न लाग्दा पनि तलब उपलब्ध नगराएको भन्दै उनीहरुले गाउँपालिकालाई तलब खुवाउन दबाब दिँदै आएका छन् । गाउँपालिकामा कार्यरत शिक्षकले पूरै तलब नपाएपछि आफूहरुले आन्दोलन गर्नु परेको शिक्षक हित संघर्ष समिति जुम्लाका अध्यक्ष मानबहादुर शाहीले जानकारी दिनुभयो ।

“शिक्षकहरुको तलब मात्र नभएर पोशाक, पाठ्यपुस्तकलगायत अन्य नियमित शीर्षकमा आउने रकम प्राप्त हुन सकेको छैन । गाउँपालिकाले तलब खुवाउँछु भनेर हामीलाई टार्ने काम ग¥यो,” समितिका अध्यक्ष शाहीले भन्नुभयो । गाउँपालिकाले दिएको वचनअनुसार शिक्षकलाई तलब खुवाउन नसकेको उहाँको आरोप थियो ।

तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले यहाँ कार्यरत सम्पूर्ण शिक्षकको रकम माग गत वर्षको असोजमै गरिए पनि अहिलेसम्म उनीहरुले पूर्ण तलब नपाउनुमा स्थानीय सरकारको नभई संघीय सरकारको कमजोरी रहेको औँल्याउनुभयो । दुई चौमासिकको तलब शिक्षकहरुले खाइसकेको र यो चौमासिकको मात्र १६ प्रतिशत रकम दिन बाँकी रहेको अध्यक्ष योगीले जनाउनुभयो । –रासस