२१ कार्तिक २०८३, शनिबार

छुट्टाछुट्टै दुई दुर्घटनामा तीनको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । बारामा दुई मोटरसाईकल एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । बाराको सिमरा उपमहानगरपालिका–१६ स्थित राजमार्गमा शनिबार ना.४४ प २५०५ नम्बरको मोटरसाइकललाई ना.२९ प ३३६८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुबै मोटरसाईकलमा सवार ५ जना घाईते भएका थिए ।

उनीहरु मध्य ना.४४ प २५०५ नम्बरको मोटरसाइकलमा सवार रौतहट भेचरहवा–५ बस्ने अनिता यादव र उनका ६ वर्षीय छोरा अमित यादवको उपचारको क्रममा अमितको मृत्यु भएको हो ।

उक्त मोटरसाइकलका चालक अनिताका श्रीमान् ४५ वर्षीय राम बचन यादवको बिरगंजमा तथा ना.२९ प ३३६८ नम्बरको मोटरसाइकल चालक मकवानपुर रातोमाटे बस्ने ५० वर्षीय सन्तलाल दोङको निजगढ प्रसुति सामुदायिक अस्पतालमा र उनका ४९ वर्षीया श्रीमती छन्दीमाया तामाङको सिमरा स्थित अल्पाईन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उता नवलपरासीको कावासोती नगरपालिका–१६ स्थित भित्रीसडकमा लु.१ ख ३७५५ नम्वरको बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ५० वर्षीया निमा गिरिको सामुदायीक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।