
काठमाडौँ, १९ साउन । लेखक जितासिंह बुढा मगर (जितेन्द्र) द्धारा लिखित पुस्तक ‘हामी असरी जिउछौं’ सार्वजनिक गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा नेपाल राष्ट्रिय कृषी उद्यमी महासंघका महासचिव तथा युवा उद्यमी र समाजसेवी समेत रहेका लेखक बुढा मगरले पत्रकार सम्मेलन गरेर आफ्नो पहिलो कृति सार्वजनिक गरेका हुन ।
बिमोचन कार्यक्रम नेपाल मगरसंघ केन्दीय समितिका संरक्षक सदस्य तथा अधिवक्ता गौबहादुर आलेमगरको सभापतित्व र प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा लोक बार्ता बालसाहित्य विभाग प्रमुख नर्वदेश्वरी सत्यालले सयुक्त रुपमा बिमोचन गरेका थिए ।
कार्यक्रममा आफ्नो कृतिको बारेमा बोल्दै लेखक बुढा मगरले ‘नेपाली समाज तथा जीवनमा केही गर्न चाहनेहरुका लागि एक उत्प्रेरक जीवन उपयोगी पुस्तक रहेको र त्यस पुस्तकमा निराशामा रहेका ब्यक्तिहरुलाई आफुनो कर्ममा सपना, सङ्कल्प, निरन्तर लगाव, माया तथा अवसरको रुपमा लिएर पहिचानलाई कसरी अगाडी बढाउने भन्नेबारे सन्देशहरुमा आफ्नो कृतिमा समेटेको बताएका छन ।
यो पुस्तकले नेपाली समाजमा रहेका ब्यक्तिहरुलाई एक सकरात्मक सोचको मार्ग चित्रित रहने कुरामा जोड दिएको छ । कार्यक्रमका सभापति गौबहादुर मगरले लेखकको निकैै मेहनत र लगावबाट पुस्तक प्रकाशित गरेकोमा लेखकलाई बधाई दिएका छन् ।












प्रतिक्रिया