१ कार्तिक २०८३, शनिबार

रुसको साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा १८ को मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ साउन । रुसको साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनाबाट हेलिकप्टरमा सवार सबै १८ जनाको मृत्यु भएको छ ।

रुसी आपतकालिन मन्त्रालयका अनुसार एमआई–८ हेलिकप्टर शनिबार बिहान साइबेरियाको उत्तर पश्चिमी क्रासोनास्क क्षेत्रमा दुर्घटना भएको थियो ।

दुर्घटनामा दुर्घटनामा १५ यात्रु र ३ चालकदलका सदस्य गरी सबै १८ जनाको मृत्यु भएको हो । दुर्घटनाग्रस्त हेलिकप्टरमा आयल स्टेशनका कामदारहरु सवार रहेका बीबीसीले उल्लेख गरेको छ ।

दुर्घटनाको छानबिन भइरहेको छ ।