२१ कार्तिक २०८३, शनिबार

चक्कु देखाएर दिउँसै लुटियो ६ लाख

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ८ ल्यासिंखेल चुपिनघाँटस्थित कहाँल्चामा मोटरसाईकलमा आएका दुई जनाले चक्कु देखाएर मंगलबार बिहान साढे एघार बजे ६ लाख लुटेका छन् ।

चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदी बस्ने वर्ष ५४ का परशुराम बजगाईले घरबाट ल्याएको रु. चार लाख र कमल विनायक स्थित नेपाल बैंक लिमिटेड शाखाबाट झिकेको रु. दुई लाख गरि रु. ६ लाख लिएर सूर्यविनायक तर्फ जादै गर्दा लुटेराले लुटपाट गरेका हुन् ।

दिउँसो सवा ११ बजे बैंकबाट पैसा झिकेर झोलामा हालेर हिडेरै सूर्यविनायक तर्फ जादै गर्दा एकान्तमा पारेर मोटरसाईकलमा माक्स लगाएर आएका दुई व्यक्तिले चक्कु देखाएर झोला लुटेर फरार भएको पीडित बजगाईले बताए ।

निर्माण व्याबसायी समेत रहनु भएका बजगाईले भने–“पैसा लिएर सूर्यविनायकमा निर्माण मजदूरहरुलाई मासिक ज्याला दिन जादै थिए, मोटरसाईकलमा आएका व्यक्तिले चक्कू झिकेर कराईस् भने मारिदिन्छु भनेर पैसाको झोला खोसेर लगे, मेरो होस हवास नै उड्यो ।”

घट्ना भए लगत्तै महानगरीय प्रहरी परिषर भक्तपुरलाई घट्नाबारे जानकारी गराएको बताउँदै पीडितका भाई सोम शर्मा (बजगाई) ले घट्नाको तत्काल अनुसन्धान गरी लुटेरालाई कारबाही गर्न र लुटिएको रकम फिर्ता गराउँन माग गरे ।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले घट्नाको जानकारी आए लगत्तै चारैतर्फ कडाईका साथ चेकजाँच गरेर लुटेराको खोजी भईरहेको बताए ।