२१ कार्तिक २०८३, शनिबार

विद्युत् चोर्ने १३ जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, १४ साउन । सप्तरीमा जारी रहेको विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत सोमबार १३ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाका विभिन्न ठाउँमा आज गरेको अनुगमनका क्रममा विद्युत् चोरी गर्ने १३ जनालाई पक्राउ गरिएको केन्द्रका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो ।

पक्राउ परेकाको साथबाट एक थान विद्युतीय मिटर, एक थान पंखा र एक थान एलईडी टिभी बरामद गरिएको प्रमुख साहले जानकारी दिनुभयो । उनीहरुलाई विद्युत् ऐनअनुसार रु १५ हजार ५०२ जरीवाना असुल गरी छाडिएको प्रमुख साहले बताउनुभयो ।–रासस