२१ कार्तिक २०८३, शनिबार

वटु भद्रकाली मन्दिरको पुनःनिर्माण शुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ साउन । भूकम्पका कारण पूर्णरुपमा क्षति भएको वटु भद्रकाली मन्दिर पुनः निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर २२ स्थित उक्त मन्दिरको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्दै गोर्खा भूकम्पका कारण कामपाभित्र क्षति पुगेका सबै सम्पदाहरुको पुनःनिर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गीले सम्पदा पुनःनिर्माणमा सबैको चासो रहेको भन्दै समयतालिका बनाएर काम शुरु गर्नुपर्नेमा जोड दिनुभयो । एक वर्षभित्र निर्माणको कार्य सक्नेगरी शिलान्यास गरिएको उक्त मन्दिर निर्माणका लागि रु एक करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

प्रताप मल्लको पालामा निर्माण भएको उक्त मन्दिरसँगै अन्य धेरै ऐतिहासिक सम्पदामा भूकम्पले क्षति पुगेको थियो । –रासस