
काठमाडौं, १४ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार पूर्वी नेपालको विभिन्न स्थानको निरीक्षण भ्रमण गरेका छन् ।
क्षत्रीले ईटहरी स्थित पुर्वी पृतना हे.क्वा., झापास्थित नयाँ श्रीनाथ गण, मोरङ जिल्लाको लेटाङ्गस्थित पुर्वी पृतना तालिम शिक्षालय र याङशिलास्थित कालीशक्ति गण (ई) को निरीक्षण भ्रमण गरेका हुन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त पृतना, गण, गुल्म र शिक्षालयहरुको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए । क्षत्रीले मंगलबार अन्य युनिटहरुको निरीक्षण भ्रमण गरी काठमाण्डौं फर्कने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया