२१ कार्तिक २०८३, शनिबार

पहिरोले पुर्यो १२ बाख्रा, क्षतिपूर्तिका लागि गाउँपालिकामा निवेदन दिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, २ साउन । मार्मा गाउँपालिका–६ चेतकल्लीका अम्भु सितोलीका १२ वटा बाख्रा पहिरामा पुरिएका छन् ।

मंगलबार राति परेको वर्षापछि बुधबार दिउँसो उक्त स्थानमा पहिरो खसेको थियो । सितोलीका चराउन लगिएका २८ वटा बाख्रामध्ये १२ वटा पहिराले पुरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पहिरोले बाख्रा पुरिएपछि पीडित सितोलीले क्षतिपूर्तिका लागि गाउँपालिका कार्यालयमा निवेदन दिने बताएका छन् । –रासस