
ललितपुर, २ साउन । नेपाली इन्जिनियरहरुको छाता संस्थाको रुपमा रहेको नेपाल इन्जिनियर्स एशोसिएनले बिहीबार भव्यताका साथ ५६ औं इन्जिनियर दिवस मनाउने भएको छ ।
एशोसिएसनका अध्यक्ष ई.हरेराम श्रेष्ठले ५६ औँ इन्जिनियर दिवस भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । संघको केन्द्रीय कार्यालयले प्रकाशित गरेको सूचना अनुसार बिहीबार बिहानदेखि नै केन्द्रमा काठमाडौंकोे राष्ट्रिय सभागृह तथा देशभित्र र विदेशमा रहेका क्षेत्रीय शाखा केन्द्र र शाखाहरुमा बिहानैदेखि विविध कार्यक्रमहरु संञ्चालन हुने भएका छन् ।
केन्द्रीय कार्य समितिको आयोजनामा सभागृहमा बिहान साँढे ८ बजे रक्तदान कार्यक्रमको आयोजना गरिनेछ । इन्जिनियर दिवसको मुख्य कार्यक्रमको उद्घाटन बिहान १० बजे सोही स्थानमा हुनेछ ।
कार्यक्रमलाई भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले उदघाटन गर्नेछन् ।












प्रतिक्रिया