२१ कार्तिक २०८३, शनिबार

बेसहारा बनेकी रबिना मानव सेवा आश्रमको जिम्मामा

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २ साउन । बेसहारा अवस्थामा पुगेकी जाजरकोटकी रबिना बादीलाई काठमाडौँको सामाखुसीमा रहेको मानवसेवा आश्रमले जिम्मा लिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा समाजसेवी सरु सुनार, किशोर सुनुवार लगायतले पत्रकार सम्मेलन गरेर रबिनालाई उक्त आश्रमको जिम्मा दिएका हुन् । दलित, महिला र उत्पीडितहरुको हितमा काम गर्दै आएकी समाजसेवी सुनारले रबिनाले राज्यबाट न्याय पाउन नसकेको गुनासो पोखेकी छिन् ।

उनले भनिन्, ‘हामीले सामाजिक सञ्जालमा रबिना बादीको दुखान्तपूर्ण भिडियो भेट्यौं, त्यसपछि उहाँको उद्धारमा जुटेका थियौं, नेपालको कानूनले पूर्ण रुपमा दोषी मानिएको छुवाछुतले अझैपनि समाजमा ब्याप्त जरा गाढिरहेकै छ, राज्यले यस प्रकारको अत्याचारलाई निर्मुल गर्नको लागि कडा सजाय तोक्नुपर्छ ।’

उनले भनिन्, ‘महिला पुरुषको न्यानो ओछ्यानमात्रै हुन ? के शारीरिक सम्बन्धको लागि मात्रै हुन् ? रबिनालाई सुरुमा परिवारको सल्लाहमै बिवाह गरेको र पछि बादीकै छोरी भएको कारण बर्दियाका श्यामलाल ओलीले घर निकाला गरेका छन्, उनलाई प्रहरी प्रशासनले तत्काल प्रक्राउ गरेर कानू्ुन बमोजिमको कारबाही गरोस् ।’

पत्रकार सम्मेलनमा पीडित रबिना बादीले श्रीमान श्याम ओलीले सार्वजनिक रुपमा आएर आफू र पाँच महिनाको छोरालाई स्वीकार गरोस् भन्ने ईच्छा प्रकट गरेकी छन् ।

उनले अघि थपिन्, ‘हिजोको दिनहरुमा हामीले सहमतिमै बिवाह गरेका हौं, आज घरपरिवार सबै मिलेर मलाई अन्यायमा पार्ने खोजियो, पाँच महिनाको छोरा छ, यस बाबुको के दोष छ र ? यसको भविष्य र मेरो जीवनको पूर्ण रुपमा जिम्मा श्यामलाल ओलीले नै लिनुपर्छ, त्यसको लागि सरकारले उनलाई कुन प्रकारको सजाय र जिम्मा दिने हो त्यो गर्नुपर्यो ।’