
-माधव बेल्वासे
चन्द्रौटा (कपिलवस्त), २ साउन । एक वर्षको अवधिमा कपिलवस्तु वाट १ सय २७ जना महिला तथा बालिकाहरुलाई उद्धार गरिएको छ । के.आई नेपालले मानव बेचबिखन तथा लैङ्गिक हिंसाको अन्त्य तथा नियन्त्रण गर्दै मानब बेचबिखनमुक्त समाज निमार्णको लागि १४ जना चेलीहरुलाई सक्षम र सबल बनाउनका लागि सुरक्षित आवास गृह चितवन पठाएको जनाएको छ ।
संस्थाले मानव बेचबिखन नियन्त्रणका लागि बिभिन्न कार्यक्रम गर्नुका साथै सामुदायिक कार्यक्रम पनि निरन्तर अगाडी बढाउदै आएको छ । समुदाय स्तरमा नै चेलीहरुलाई सबल र सक्षम बनाउने सोचले आयमुलक कार्यक्रम र नेतृत्वविकास सम्बन्धि कार्यक्रमलाई जोड दिदै आएको के आई नेपालका जिल्ला संयोजक केशर विश्कर्माले जनाए ।
यस्तै के.आई नेपाललले विभिन्न समयमा स्थानीय सरकार तथा बुद्धिजिबीहरुसँग मानव बेचबिखन नियन्त्रणमा छलफल तथा मानब बेचबिखनमा सक्रिय रुपमा सहयोग गर्दै आउनु भएको ब्यक्तिहरुलाई सम्मान समेत गर्दै आएको छ । त्यस्तै केआई नेपालले सचेतनामुलक कार्यक्रमहरु पनि निरन्तर रुपमा गर्दै आएको छ भने भारतमा रहेका भारतीय सेनाहरुलाई समेत मानब बेचबिखन र नियन्त्रण सम्बन्धि कक्षा संञ्चालन गर्दै आएको छ ।
बिगत १० बर्ष देखि कपिलवस्तुमा क्रियाशिल रुपमा काम गर्दै आएको संस्थाले आर्थिक वर्ष ७४/७५ मा भारत सीमा नाका हुँदै भारततर्फ जाने महिला तथा बालिकाहरुलाई सूचना सम्प्रेषण तथा परामर्श प्रदान गरेको छ । मानब बेचबिखनको यात्रालाई अझै शसक्त रुपमा अगाडी बढाउने के.आई नेपालका जिल्ला संयोजक विश्वकर्माले बताए ।












प्रतिक्रिया